जाल्पा सामुदायिक लघुवित्तको ७३ प्रतिशत बोनस शेयर प्रस्ताव

 जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (JALPA) ले आर्थिक बर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट ७३ प्रतिशत बोनस शेयर र ३.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। लघुवित्तको कार्तिक १९ गते शनिबार बसेको ९१औं संचालक समितिको बैठकले सो सम्बन्धी निर्णय गरेको हो।

जाल्पा सामुदायिक लघुवित्तले आर्थिक बर्ष २०७८/७९ सम्म सञ्चित रहेको मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु १६ करोडको ७३% ले हुन आउने रकम रु ११ करोड ६८ लाख बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ३.८४२१% ले हुन आउने रु ६१ लाख ४७ हजार ३६८.४२ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती पश्च्यात साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ।

Source: Nepse alpha


Powered by Blogger.